Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रियता कमजोर भएकोले एकता र मेलमिलापकको नीति आज आवश्यक छ : सासंद नेपाल

  •  सिताराम थापा

बागलुङ –  विपि कोईराला मेलमिलाप निति विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित वर्तमान राजनितिक परिवेशमां विपि कोईरालाको मेलमिलाप नीति विषयक अन्तरक्रिया कार्यक्रम देशै भरको जिल्लामा आयोजना गरिएको थियो।  कार्यक्रम गण्डकी प्रदेशको बागलुङ पर्वत र म्याग्दि जिल्लामा पनि सम्पन्न भएको छ। बागलुङ जिल्लामा भएको कार्यक्रममां बोल्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा संघिय सांसद हरी प्रसाद नेपालले विदेशि शक्तिको गुलामि हुनु भन्दा देश र जनता संगै लडेर राजनितिक अगाडि बढाउन विपि स्वदेश फर्किएको स्मरण गराउनु भयो।

वर्तमान अवस्थामा राष्ट्रियता कमजोर भएकोले एकता र मेलमिलापकको नीति आज पनि सान्दर्भिक हुने भन्दै नेपाली कांङ्ग्रेस भर्खरै सम्पन्न महासमिति बैठकले बिचार, बिधान र संगठानत्मक स्वरुपमा  जाति, लिङ्ग, बर्गको समाबेशी चरित्र भएको तलदेखि माथि बिकेन्द्रिकरण, लोकतान्त्रिक पद्दति अबलम्बन गरिएको  र नेपाली काङ्ग्रेसमा गुटको अन्त्य गरी एकता र मेलमिलापको नीति ब्यबहारमा लागु गरिने बताउनु भयो । उहाले अब नेपाली कांङग्रेस नयाँ निति बिचार सहित कार्यक्रम लिएर संगठन परिचालन र मुल्यांकन गरिने गरी कार्यक्रम लिएर जनता सामु जाने गरि गाँउ गाँउमा आउने पनि जनाए।

कार्यक्रममा निबर्तमान सांसद एवं पार्टी सभापति प्रकास शर्मा पौडेल, पुर्व सांसदहरु गोबिन्द शर्मा, नर बहादुर पुन, पुर्ब पार्टी सभापति हरी प्रदेश प्रसाद श्रेष्ठ  प्रदेस सांसद मणिभद्र कंडेल, निबर्तमान काबा सभापति जगदिश शर्मा पौडेलले बोल्नु भएको थियो।जिल्ला सभापतिका दिपेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब नवराज पौडेलले गरेको थिए। बिपि कोईराला गणेशमान सिह लगायत मेलमिलाप निति सहित २०३३ शाल नेपाल फर्केका थिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE