Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

ठुलो परिणाममा लागू औषध बरामद, एक होटल व्यवसायी पक्राउ

प्लाष्टिकको बोरामा डिब्बा भित्र २ मिलि लेखिएका डाईजेपाम १ सय ५, फेनार्गन १ सय ५, नुर्फिन १ सय ५ , एम्पुल १ सय ५ बरामद

  • सिताराम थापा

जमिन मुनी लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ । प्रहरीले बागलुङको उपल्ला चौरमा रहेको विजय खाजाघरको पछाडी जमिन मुनी लुकाएको अवस्थामा फेलापारेको हो । अनुसन्धानका लागि विजय खाजाघरकी सञ्चालक बागलुङ नगरपालिका १३ की ४३ बर्षिया शान्तिदेवी कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
सुराखको आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले अनुसन्धानको क्रममा जमिन उत्खनन् गर्दा प्लाष्टिकको बोरामा डिब्बा भित्र २ मिलि लेखिएका डाईजेपाम १ सय ५, फेनार्गन १ सय ५, नुर्फिन १ सय ५ , एम्पुल १ सय ५ प्रहरीले बरामद गरेको होे ।
प्रहरीका अनुसार बानपा ४ उपल्लाचौर स्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै होटेल बिजय खाजाघर सन्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागु औषध लुकाई छिपाई विक्री वितरण गर्ने र तत्काल पैसा तिर्न नसक्ने लागुऔषध दुव्र्यसनीहरुको सामान जफत गरेको खुल्न आएको छ ।


लागु औषध प्रयोगकर्ताको मोबाईल, ल्यापटप लगायतका ईलोक्ट्रनिक सामाग्री धितो राखी लागु दिने गरेको भन्ने विशेष सुचनाका आधारमा कँुवरलाई पौष १४ गते प्रहरी निरीक्षक परशुराम मल्लको टोलीले पक्राउ गरेको थियो । कँुवरले सञ्चालन गरेको बिजय खाजाघर खानतलासी गर्दा खाजा घरको माथिल्लो तलामा लुकाई राखेको अवस्थामा २ एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन २ २ एम्पुल र लागुऔषध प्रयोगकर्ताहरुले धितो राखेको विभिन्न ब्राण्डका मोबाईलहरु फेला पारेका थियो । प्रहरीले उनको खाजाघरबाट सामसुङ मोबाईल ५ थान, कलर्स मोबाईल १ थान, नोकिया मोबाईल १ थान, डाईमण्ड मोबाईल १ थान, पावर बैँक १ थान, आईफोन १ थान, इन्टेल लेखिएको ट्याब १ थान, एसर ल्यापटप १ थान बरामद गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा विहीबार कुँवरले देखाएको खाजाघर पछाडीको जमीनमा अवैध लागु औषध बरामद गरेको हो ।
यो घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको हुन सक्ने स्रोतले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ प्रहरी उपरीक्षक दिपक रेग्मिले सवाल मिडियालाई जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE