पहिलो डेट स्कुलमा, कक्षा कोठाको बेन्चमा : आँचल शर्मा
सवाल सम्वाददाता
बाग्मती-अहिले दाल भात तरकारी देशका विभिन्न सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । त्यही चलचित्रकी एक नायीका आँचल शर्मा सँगको यो रमाइलो कुराकानी ।
आँचल तपाईको नामको अर्थ के हो ?
यो हाम्रो सारीमा हुन्छ त्यही नै हो
कुनै निक नाम छ ?
छ
के छ ?
आँचलु
घरमा के भनेर बोलाउनुहुन्छ ?
आँचलु नै भनेर बोलाउनु हुन्छ ।
तपाईलाई कुन नामले बोलाउँदा रिस उठ्छ ?
मलाई ओइ आँचले भनेर बोलाउँदा रिस उठ्छ ।
आफ्नो मान्छेले भनेर बोलाउनुहुन्छ ?
आँचलु भनेर बोलाउनुहुन्छ
फिल्म नखेलेको भए के बन्नुहुन्थ्यो होला ?
वकिल
तपाईंको खराब बानी के छ ?
म प्याच्च प्याच्च बोल्छु ।
आफ्नो गोप्य कुरा कसलाई सेयर गर्नुहुन्छ ?
बाबालाई
बुबा र आमा मा तपाईं कस्को प्यारी हुनुहुन्छ ?
म दुवैजनाको प्यारी हो । हाहाहाहाहाहा
तपाईंको पहिलो प्रेम कति वर्ष मा भएको थियो ?
पहिलो प्रेम, उम्म्म्म्म मैले आँखा खोल्नासाथ
तपाईको पहिलो प्रेम सम्बन्ध कति समयसम्म टिक्यो ।
प्रेम सम्बन्ध नै छैन भने भने……
तपाईलाई कुन कुराले रोमान्टिक बनाउँछ
रोमान्टिक, मलाई कुन चाहिँ कुराले बनाउँछ, अँक्क्क्क्क् कोही आफूलाई मनपरेको व्यक्तिलाई आफूलाई मनपर्ने कुरा गर्यो भने रोमान्टिक हुन्छु होला ।
तपाई घरमा एक्लै बस्दा के गर्नुहुन्छ ?
म एक्लै घरमा बस्दा, भन्न मिल्छ कि मिल्दैन, सावधान इन्डिया हेर्छु
पल शाह र पुष्प खड्कामा एउटा समानता के छ
दुवैजना एकदमै राम्रो कलाकार हो
बिहेअगाडिको यौनसम्बन्धलाई तपाई कसरी लिनुहुन्छ
कोहीको भएको छ भनेपनि यहाँको क्यारेक्टर अनुसार जज गर्दिन तर नगरे पनि ठीक हुन्छ होला भन्ने मान्यता छ ।
तपाई कुन चाहिं रियल जोडी को फ्यान हुनुहुन्छ
रियल जोडी, वर्षा राउत र संजोग कोइराला, फ्यान त नभनौं तर सरसरी हेर्दा र वहाँहरुको अन्तरवार्ता र उहाँहरूको एक अर्कालाई गर्ने व्यवहार एकदमै मनपर्छ ।
तपाईंले आफैंले खेलेको सबैभन्दा मन परेको फिल्म कुन हो
शत्रु गते
अनलाइन अनलाइन र म्यागेजिनमा कुन रोज्नु हुन्छ
ला रोज्नै पर्छ, त्यस्तो त एउटा कसरी रोज्ने होला, अनलाइन
आफ्नो शरिरको कुन अंग सबैभन्दा सेक्सि लाग्छ
ओठ
स्क्रीनमा कुन नायकसँग चुम्बन गर्न मन छ
कोहीसँग पनि गर्न मन छैन
तपाइ खासमा कसको फ्यान हुनुहुन्छ
अनुराधा कोइरालाको
परिवार र चलचित्र रोज्नुपरे भने तपाईं के रोज्नुहुन्छ
परिवार
अब कस्तो फिल्म खेल्न मन छ
याक्सन
पल शाह र तपाईँको खास सम्बन्ध के हो
उहाँलाई म मेरो परिवार मान्छु,
चित्रमा कुनचाहिँ सिन गर्दा राम्रो लाग्छ
धेरै रोमान्टिक सिन गर्दा मलाई राम्रो लाग्छ
अहिलेसम्म कसैलाई झापड हान्नु भएको छ
मज्जाले
तपाई बिहान उठ्दा पुरुष बन्नुभयो भने कुन चै नायकलाई नायिकालाई कल गर्नुहुन्छ
म आचल शर्मालाई गर्थे, आहाहाहाहा
एक दिनको लागि तपाईं आफ्नो आमा बन्नु भयो नि के गर्नुहुन्छ
मेरो आमा, मलाई गाली गर्थे
तपाईं एक्लै बसेर रुनुभएको छ
छ
तपाईं एक सेलिब्रिटीको जीवन जिउनु पर्यो भने कस्को जीवन जिउनु हुन्छ
आफ्नै, रमाइलो छ
कुन नेपाली नायकसँग डेट जान मन छ
डेट याज इल राम्रो खाले हैन, राम्रो खाले म दयाहाङ राई
तपाईलाई कुन नायकसँग चलचित्र खेल्न मन छ
जोसँग पनि मन छ
तपाईंले काम गरिसकेका कुनचाहिँ निर्देशकसँग काम गर्न चाहनुहुन्न
हुन्न ? ला त्यस्तो त को हुनुहुन्छ र ? सबैसँग काम गर्न मन लाग्छ त्यस्तो कोही हुनुहुन्न
तपाईंले जोनी जेन्टलमेन, गर्नुभो तपाईंले सत्रु गते गर्नुभो तपाईंले नाइनभन्नु ल ४ गर्नुभो
कुन संग गर्न मन छ, त्यो भन्न सक्छु,
यप कोसँग गर्न मन छ
प्रदिप भट्टराई
कुन नेपाली नायिकासँग दोस्ति गर्न मन छ
सबैसँग गर्न मन छ नि दोस्ती त
कुनै एकजना
हाहाहाहाहा
तपाईलाई कस्तो केटा मन पर्दैन
एकदम गमक्क पर्ने लुसुक्क पर्ने खालको, त्यस्तो केटी मन पर्दैन
तपाईलाई आफ्नो बाहेक अरु कस्को कस्को जन्मदिने थाहा छ
बाबाको
अहिलेसम्म आफूसँग भएको महंगो सामान के हो
महंगो सामान मेरा फ्यान, सामान नभनौं तर मैले कमाएको र मसँग भएको सम्पति भनेको मेरा फ्यानहरूको माया हो
तपाईंले दश करोड भेटाउनु भयो भने के गर्नुहुन्छ
वाउ, आधा सेभ गर्थे आधा चै च्यारिटी गर्थे
सार्वजनिक रुपमा तपाईलाई कसैले जिस्क्याएको छ
छ
के भनेर जिस्क्याएको छ
ए हो, कता हो सेक्सि भन्छ
सेक्स र किसमा के रोज्नुहुन्छ
किस
तपाईलाई कस्तो फिल्म मन पर्दैन
एकदम भल्गारिटी देखाउने फिलिमहरु मन पर्दैन
नेपाली चलचित्रका मनपर्ने कुनै एक नायक
राजेश हमाल सर
तपाईंले आफूलाई वन पिसमा कस्तो फिल गर्नुहुन्छ
राम्रो
तपाईले मम्मी अनि बुवाको पर्सबाट पैसा चोर्नुभएको छ
कहिले पनि छैन
कहिले धुम्रपान गर्नु भएको छ
नेभर
नेपाली फिल्मको सबैभन्दा स्टाइलिस याक्टर को लाग्छ
अनुप विक्रम शाही
नेपाली चलचित्रमा सबैभन्दा हट नायिका को लाग्छ
प्रियङका कार्की
तपाईलाई कुन चाहि जनावर देखि डर लाग्छ
विरालो
तपाईं पुजा शर्मा भएको भए के गर्नु हुन्थ्यो
फिल्महरु प्रढ्युस गर्थे अनि आँचल शर्मालाई दिन्थे
यदि तपाईंको पिता राजेश हमाल भइदिएको भए तपाईं के गर्नुहुन्थ्यो
हे….भनेर उहाँले मलाई थर्काउनु हुन्थ्यो होला
कुन नेपाली नायकको तपाईलाई पर्स चेक गर्न मन छ
पल जी को
अहिलेसम्म छेक गर्नु भएको छैन
अहँ छैन, यत्रो यत्रो बिट्टो बनाएर हिड्नुहुन्छ
तपाईंको मनपर्ने कलर कुन हो
पिङ्क, मलाई एकदम मन पर्छ र मैले लगाई पनि रहेको छु, किनभने यसले मलाई एकदम राम्रो देखाउँछ
यदि तपाई हलिउडको अभिनेत्री भएको भए तपाईंको कुन नेपाली हिरोसँग फिल्म खेल्नु हुन्थ्यो
हलिउडमा नै बस्थेँ किन नेपाल आउनु
तपाईलाई गाउँन आउने मनपर्ने कुनै नेपाली लोक गित छ ।
लोक गित, छ
ल एउटा गाउनुस न
फुलमा माहुरी हे माया नलगाई कहाँ जान्छौ ए फ्याउरी
पहिलो डेटका जानु भएको थियो
स्कुल, कक्षा कोठाको बेन्चमा
सबैभन्दा धेरै फोन कसलाई गर्नुहुन्छ
पत्याउनु हुन्न होला, बाबालाई, अहिले चै किरण केसी अंकललाई हो
प्रेम गर्ने कुन उमेर सबैभन्दा सही हो जस्तो लाग्छ
प्रेमले उमेर हेर्दैन जस्तो लाग्छ, जुनबेला जहाँ पनि हुनसक्छ
तपाई कस्तो खालको प्रेमीको प्रतिक्षामा हुनुहुन्छ
मलाई एकदम धेरै माया गर्ने, बुझ्ने सबैलाई त्यही हो
खुशी हुँदा तपाईं के गर्नुहुन्छ
म हाँसी रहन्छु
कुनै नेपाली सेलिब्रेटीसँग तपाईंको क्रस छ
नेपाली कोही पनि हुनुहुन्न
अहिलेसम्म तपाईले कसैलाइ रुवाउनु भएको छ
मैले रुवाएको छु
कसलाई
आप्पुलाई, मेरो बहिनीलाई
छोरी हुनुको फाइदा के छ
धेरै फाइदा फाइदा छ, सबैको प्यारी हुन पाइन्छ, जे भने त्यही गिफ्ट किनिदिनुहुन्छ घरबाट, कहिले गाली गर्नु हुँदैन
तपाईं आफ्नो शरिरको कुन चाहिँ अङ्ग परिवर्तन गर्न चाहनुहुन्छ
कुनैपनि परिवर्तन गर्न चाहन्न, त्यो भन्नुको मतलब म प्रफेक्ट छु भन्ने त होइन तर यसले गर्दा नै आज म यहाँ छु नि त यसैले म जस्तो छु ठिक छु ।
शरीरमा ट्याटु खोप्नु भएको छ
अहँ छैन
तपाईंलाई गाह्रो लाग्ने काम के हो
गाह्रो लाग्ने काम, विहान देखि भोको पेट लिएर अन्तरवार्र्ता दिने
तपाईंको रिलेशनशीप स्टाटस के हो
सिङगल
कुनै महिलाले तपाईलाई प्रेम प्रस्ताव राखेको छ
छैन
यदि तपाईलाई फिल्ममा लेसविनको रोल गर्नुपर्यो भने तपाईं आफ्नो अपोजिटमा कसलाई रोज्नुहुन्छ सम्राज्ञी, पुजा वा स्वस्तिमा
हाहाहाहाहाहा हो र ? सम्राज्ञी
यदि तपाईंको श्रीमान् समलिंगी पर्नुभयो भने तपाई के गर्नुहुन्छ
उहाँलाई बुझाउँछ, अनि त्यसपछि उहाँलाई अर्कैसँग जान आग्रह गर्छु, तपाईलाई राम्रो पार्टनर को खाचो छ भनेर सम्झाउछु, बुझाउँछु
तपाईंको मनपर्ने खान कुन हो
दाल भात तरकारी
तपाईलाई कसैको नाङ्गो फोटो हेर्न मन छ
कसैको छैन्
तपाईंले कसैलाई आजसम्म नराम्रो फोटो पठाउनु भएको छ
छैन
अब अन्तिममा यदि तपाईं भर्जिन हो भने उसले भने के भन्नुहुन्छ
मैले होइन भने पनि जेपीटी कमेन्ट आइहाल्छ, हो भने पनि यसलाई केही नकारात्मक सोच्न मिल्दैन, त्यसैले त्यसैले म केही भन्न चाहन्न
धन्यबाद
WRITE COMMENTS FOR THIS ARTICLE