Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अछाममा बस दुर्घटना, १५ जना घाइते

अछाम । अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रेहरी कार्यालय अछामले जनाएको छ ।

बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो।  दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार सुरु गरेको प्रहरीले जनाएकाे छ । विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई ‘साइड’ दिने क्रममा सडक भासिँदा बस खसेको थियाे ।

WRITE COMMENTS FOR THIS ARTICLE