Date
शुक्र, कार्तिक २३, २०८१
Fri, November 8, 2024

ओली प्रचण्डको झगडा परालको आगो, खिचडी पाक्ने कहिले कहिले : संचारकर्मी सचिता बुढाथोकी

गुटको चलखेलमा नेकपाका शीर्ष नेताहरु अहिले जोडघटाउ र हिसाव कितावमा लागको छन

त्तारूढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले आन्तरिक द्धन्द्ध छताछुल्ल भएको छ । केहिदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पाटीभित्र सल्लाह नै नगरि दुई वटा अध्यादेश ल्याएको र त्यसले शक्ति केन्द्रिकरण भएको भन्दै शीर्ष नेताहरु असन्तुष्ट भएका थिए । कोभिड १९ का कारण देश बन्दाबन्दीमा रहेकाबेला प्रधानमन्त्री ओलीले आफुखुसी ल्याएका दुईवटा अध्यादेशको पार्टीभित्र र प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य केही दलहरुले प्रधानमन्त्रलीले ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने माग गरे । अध्यादेशको चर्को आलोचना भए पछि, प्रधानमन्त्रीले आफ्नो निर्णय फिर्ता गर्न बाध्य भए, र अध्यादेश खारेज भयो ।
अहिले अध्यादेश फिर्ता भएसंगै नेकपाभित्रको शक्ति संघर्ष भने चर्कीएकोे छ । अहिले प्रधानमन्त्रीको विपक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तिन तर्फबाट उभिएका छन् । पार्टीभित्रका यी त्रिशक्ति आफनोे पक्षमा खिचडी पकाउन दौडधुपमा होमिएका छन । पार्टीभन्दा पनि गुटको चलखेलमा नेकपाका शीर्ष नेताहरु अहिले जोडघटाउ र हिसाव कितावमा लागको छन । प्रधानमन्त्री केपी शर्मा ओली आफनो शक्ति प्रर्दशन गर्दै वामदेव गौमतलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको जस्तो सचिवालय बैठकमा देखाउछन् । तर कतिपय नेताहरुले प्रधानमन्त्रीको यो प्रस्ताव एउटा चाल मात्र भएको र शतिm केन्द्रिकरणकालागि नेतृत्वलाई झुक्याउन खोजेको भन्दै यो प्रस्ताव खिचडी पकाउनमात्र भएको तर्क गर्छन । यतिसम्म की केही शिर्ष नेताहरुले प्रधानमन्त्री ओलीको काम कारवाहीप्रति विशवास नभएको र उनी पार्टीको विधिअनुसार नचलेको आरोप समेत लगाएका छन् । यसरी प्रधानमन्त्रीले आफनो बल, शक्ति र अहमता देखाइरहदा यता अर्का अध्यक्ष प्रचण्ड र नेपाल कहिले वारी कहिले पारी पुगेर भेटघाट बढाइरहेका छन । प्रधानमन्त्री ओली प्रचण्ड र नेपाललाई हराउन भनौँ वा डर देखाउन वामदेवलाई हतियार बनाउदै प्रस्तुत भएका छन । कहिले पार्टीको तेस्रो अध्यक्ष नेपाललाई बनाउने भनेर फकाएका ओलीले वामदेवलाई समेत लोप्पा खुवाएका छन् । उनले बुधबार बसेको नेकपा सचिवालय बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए, यो प्रस्ताव गरेसंगै पार्टीभित्र विभिन्न खालका टिकाटिप्णी आएको थिए । संसाद समेत नभएको व्यक्ति प्रधानमन्त्री कसरी बन्न सक्ला भनेर टिप्पणी समेत भए । प्रधानमन्त्रीको पछिल्लो गतिविधिले के संकेत गर्छ भने उनी प्रधानमन्त्री र अध्यक्षमा ५ वर्ष रहन चाहन्छन । तर यता प्रचण्ड र नेपाल भने प्रधानमन्त्री फेर्नुपर्ने कसरतमा लागेका छन् ।
यसरी गुट उपगुटमा लागेर नेताहरुले आ–आफनो स्वार्थको राजनीति गरिहेको प्रष्ट हुन्छ । पार्टीको विधि र प्रक्रियालाई कुल्चेर व्यक्तिको स्वार्थलाई माथि राखेर नेताहरु मेरो भागमा कति पर्छ भनेर औंला भाचिरहेका छन । पार्टी र मुलुकभन्दा पनि व्यक्तिको शक्ति र व्यक्तिका अहमतालाई शिरोधार्य गरेको देखिन्छ । प्रधानमन्त्री स्वयमले नेताहरुले पटक–पटक माग गरिएको स्थायी कमिटी बैठकलाई प्राथमिकता नदिएको आरोप पनि लागेको छ । अंकगणितिय रुपमा आफु जहाँ बलियो छ त्यही अनुसार प्रधानमन्त्रीले सचिवालय बैठक बोलाउने गरेका छन । तर नेकपाका नेताहरु भन्छन पार्टीमा देखिएको झगडा स्थायी कमिटीको बैठकबाट समाधान गर्नुपर्छ । स्थायी कमिटिको बैठक बोलाउने पक्षमा प्रधानमन्त्री ओली भने देखिएका छैनन् । यो परिस्थितीमा नेकपा भित्र कस्तो खिचडी पाक्ला ? यो प्रतिक्षाको विषय बनेको छ । यही स्थिती रहे पार्टी भित्र अर्को ठुलो दरार आउने संकेत केही नेताहरुको छ । पछिल्लो परिस्थितीले प्रचण्डलाई भने ओलीको व्यवहार भाइ बनेर छुरी हाने जस्तो भइरहेको छ ।
संचारकर्मी सचिता बुढाथोकी

WRITE COMMENTS FOR THIS ARTICLE