Date
शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

नेपालकै दोस्रो सबै भन्दा लामो धवनमार्ग भएको विमानस्थलको स्तरोन्नति हुदै

४ असोज
काठमाडौँ – नेपालकै दोस्रो सबै भन्दा लामो धवनमार्ग भएको धनगडी विमानस्थलको स्तरोन्नतिको कार्य विगत केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दमकल राख्ने घर (फायर बिल्डिङ) र ओभरहेट ट्याङ्की निर्माणाधीन छ ।

विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भिओआर÷डिएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान कार्य पूरा भइसकेको छ । यसको परीक्षण हुन भने बाँकी रहेको छ । लामो धावन मार्गको दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धनगढी विमानस्थल दोस्रो हो ।

WRITE COMMENTS FOR THIS ARTICLE