कोरोनाका कारण ९ दिनको अन्तरमा आमाछोरीको मृत्यु
९ कात्तिक
नवलपरासी – कावासोतीमा कोरोना संक्रमणका कारण आमाछोरीको मृत्यु भएको छ । पिठौली चोकस्थित रहेका आमा छोरीको ९ दिनको अन्तरमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
सुरुमा ४० वर्षीया आमा बिरामी परि उनको मृत्यु भएको र आमाको स्याहारसुसार गर्न खटिएकी छोरीको पनि मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि मात्र संक्रमण पुष्टि भएको कावासोती नगरपालिका–११ ले जनाएको छ ।
आइतबार ती महिलाका दाजु, भतिजा र छोरीको रिपोर्ट पनि पोजिटिभ आएको छ । आमाको मृत्युपछि कन्ट्याक्ट ट्रेसिङमा परेकी छोरीको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो ।
पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट एकै परिवारमा २ जनाको ज्यान गएको यो पहिलो घटना हो ।
WRITE COMMENTS FOR THIS ARTICLE