
इङ्ल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको निधन

११ पुष
एजेन्सी– इङ्ल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको निधन भएको छ ।उनको निधन ८३ बर्षको उमेरमा भएको छ । उनी बायाँ हाते ब्याटसम्यान थिए । उनले आफ्नो करियरको ७७ टेस्ट खेलमा इङ्ल्यान्डका लागि पाँच हजार भन्दा अधिक रन बनाएका थिए ।
उनले सन् १९६३ देखि १९७६ सम्म इङ्ल्यान्डका लागि खेलेका थिए । क्रिकेट ईतिहासमा उनी पहिलो एकदिवसीय क्रिकेट टोलीको हिस्सा थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE