Date
शुक्र, चैत्र ९, २०८०
Fri, March 22, 2024

प्रधानमन्त्री ओली र विप्लवको आज एकैदिन जन्मदिन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका नेत्रविक्रम चन्द विप्लवको जन्मदिन आज एकैदिन परेको छ । तेह्रथुमको ईवा गाविसमा २००८ साल फागुन ११ गते जन्मिएका प्रधानमन्त्री ओली आजबाट ७० बर्षमा प्रबेश गरेका छन् भने विप्लव ५३ वर्षमा प्रवेश गरेका छन् ।

विप्लव रोल्पाको केवरीमा २०२४ साल फागुन ११ गते जन्मिएका थिए । आज दुवैको जन्मदिनमा समर्थक र सुभेच्क्षुकले शुभकामना दिइरहेका छन् ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ । पार्टी विभाजनपछि ओली समूह निर्वाचनको तयारीमा लाग्नु पर्ने बताउदै आइरहेको छ भने प्रचण्ड समूह र कांग्रेसले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सडकमा आन्दोलनको कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यसैबीच नेकपा दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओलीले विप्लव समूहसँग वार्ताको तयारी गरिरहेका छन् । आज नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

उक्त बैठकमा विप्लव समूहलाई लगाईएको प्रतिवन्ध फुकुवा गर्न हुने नहुने बारे छलफल भएको स्रोतले जनाएको छ । सुरक्षा परिषदको बैठकपछि अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकमा विप्लब समूह माथि लागेको प्रतिवन्ध फुकुवा हुन सक्ने अनुमान गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE