Date
शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

ओसासुनामाथि बार्सिलोनाको सहज जित

२३ फागुन
काठमाडौँ  –  स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ओसासुनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिवाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो ।

खेलको ३० औँ मिनेटमा जोडी अल्वाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

८३ औं मिनेटमा सव्सिच्युट मोरिवाले मेस्सीकै पासमा गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए । मोरिवा ६७औं मिनेटमा सर्जियो बुस्क्वेट्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

एजेन्सीको सहायोगमा ।

 

WRITE COMMENTS FOR THIS ARTICLE