Date
आइत, साउन १७, २०७८
Sun, August 1, 2021

जसपा नेपालको संसदीय दलको बैठक बस्दै

२५ फागुन
काठमाडौं –
जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जसपाको एक नेताले  जानकारी दिनु भयो ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने उहाँको भनाइ रहेको  छ । सर्वोच्च अदालतको पछिल्लो फैसला र देशको बदलिदो अवस्था बारेमा छलफल हुने बताउनु भएको छ ।

सर्वोच्च अदालतले नामको विषयमा फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएसँगै भावी सत्ता समीकरणमा कांग्रेस र जसपा निर्णायक देखिएका छन्। बैठकमा सत्ता समीकरणका विषयमा समेत छलफल हुने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE