Date
बुध, अशोज ६, २०७८
Wed, September 22, 2021

नेपाल गुग्यो बहराइनको राजपरिवार सहितको टोली, ८० दिन नेपालमा बस्ने

२ चैत्र
काठमाडौं-बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएको छ । बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएको उक्त टोलीले विश्वको सर्वोच्च शिखर ‘सगरमाथाको आरोहण गर्ने जनाइएको छ ।

गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएको उक्त टोलीले यसपटक भने सगरमाथाको आरोहण गर्न लागेको हो । १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालका केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ ।

सो अवसरमा टोलीले गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क प्रदान गर्ने जनाइएको छ । यो टोली नेपालमा कम्तिमा ८० दिन रहने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE