Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नयाँ वर्षको अवसरमा सीता राईको ‘जुनेली देख्दा’ रिलिज (भिडियो)

३ बैशाख, काठमाडौँ – नयाँ वर्षको अवसरमा गायिका सीता राईको नयाँ गीत ‘जुनेली देख्दा’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंको चावहिलस्थित सत्कार क्याफे एण्ड बारमा आयोजित एक कार्यक्रममा गायिका राईको ‘जुनेली देख्दा’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘जुनेली देख्दा’मा टीका चाम्लिङको शब्द, जसिहाङ राईको संगीत तथा कम्पोज रहेको छ, भने गीतलाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । त्यस्तै, गीतलाई दीनेश राजवाहकले रेकर्ड तथा मिक्सिङ, मास्टरिङ गरेका हुन् ।

गायिका सीता राई स्वयं फिचर्ड ‘जुनेली देख्दा’लाई गंगाराम राईले छायाङ्कन तथा सम्पादन गरेका हुन् । भिडियोलाई अर्जुन राईले निर्माण गरेका हुन् । संगीतमा नै स्नातकोत्तर गरेकी गायिका राईले अब संगीतलाई निरन्तरता दिने बताएकी छन् ।

 

गायिका राईले आफ्नो नयाँ गीतलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेकी छन् । त्यसोत, गायिका राईको यसअघि नै ‘जति हेर्यो, हेरिरहुँ’ गीतको रिलिकल भिडियो सार्वनिक भइसकेको छ । उक्त गीतलाई पनि दर्शकरश्रोताहरुले निकै रुचाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE