Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रधानमन्त्रीद्वारा ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

१७ बैशाख , काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गर्नुभएको छ । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।

राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिनुभएको थियो । औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा  दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE