Date
मङ्ल, बैशाख ४, २०८१
Tue, April 16, 2024

विद्यालय भवन पुनर्निर्माण ९० प्रतिशत सम्पन्न

२० वैशाख, काठमाडौँ – गोरखा भूकम्प गएको छ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।  विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ वटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिनुभयो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ वटा, आव २०७५/७६ ६८ वटा, आव २०७४/७५ मा आठ वटा र आव २०७३/२०७४ मा ८ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।

जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९  शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ वटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् । ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महिनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताउनुभयो ।

­­­

WRITE COMMENTS FOR THIS ARTICLE