Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कांग्रेस पदाधिकारी बैठक सुरु

२१ बैशाख काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक सुरु भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले  पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ ।

बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शंशाङ्क कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला। पू्र्ण बहादूर खड्का, प्रकाशमान सिंह, सुनिल थापा, रमेश लेखक, बालकृष्ण खाँण गोपालमान श्रेष्ठ उपस्थित रहेको स्रोतले जनाएको छ ।

पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: