Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

२१ वैशाख, काठमाडौँ – बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका९६ रोडिदेवलको जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: