Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

कोभिड-१९ ले निम्त्याएको मनोसामाजिक समस्याको कसरी सामना गर्ने !

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस महामारीले बिश्व नै आक्रान्त भैईरहेको छ । अहिले दक्षिण एसियामा विशेष गरि भारत र नेपालमा संक्रमणको दर तीब्र वृद्धि भइरहेको पाइन्छ, जसले गर्दा भयाबह देखिन्छ । जनसंख्याको दृष्टिकोणले अन्य देशमा भन्दापनि नेपालमा बढी संक्रमण फैलिएका तथ्याङ्कले जनाउदछ ।

बिपदजन्य घट्नाको समयमा हामी मानव जातिमा तनाब लिनु, तनाव हुनु स्वाभाबिककै हो । तर पनि हामीले परिस्थितिलाई बुझेर अगाडि बढ्न जरुरी छ । संक्रमणको व्यबस्थापन र परिचालन गर्ने जनशक्ति नै आत्तिन थालेमा त्यसको असर पक्कै पनि संक्रमिणमा पर्छ नै त्यसैले तनाबलाई व्यवस्थापन गर्नु एक महत्वपूर्ण पाटो हो, जस्तो लाग्छ । तनाव र चिन्ता लिनु पर्छ तर सकारात्मक र रुपान्तरण सहितको लिनु आवश्यक रहन्छ ।

सामान्यतया तनाव भनेको कुनै पनि महामारीमा वा अप्ठ्यारो अवस्थामा सृजना हुने वा कुनै पनि व्यक्तिको मनमा आउने विचलनले गर्दा आफ्नो शरीरमा देखाउने एक प्रकारको अस्थिरता हो । संगै सम्बन्धित व्यक्तिको शरीरले देखाउने सामान्या प्रतिक्रिया हो । यस्तो संकट्को घडीमा मानिस निराश हुनु, डर र क्रोध पैदा हुनु स्वाभाविक नै हो । जसले गर्दा कुनै पनि व्यक्तिको भावना, सोचाई र व्यवहारमा सामान्य मान्छेको भन्दा केहि अन्तर हुन सक्दछ, हामीलाई थाहा छ कुनै पनि स्थानमा घटेको घट्ना प्रतिको प्रतिक्रिया मात्र हो । यसले हामीलाई अप्ठ्यारो निम्त्याउने गर्दछ । जसलाई हामी आघात जन्य अवस्था पछिको तनावपुर्ण अबस्थाको रूपमा लिन सकिन्छ । यो अवस्थाको तनाव अरु बेलाको भन्दा बढी पीडादय हुने गर्छ । जसले गर्दा मानिसहरुमा नैरास्याताको भावना बढाउछ । यो समयमा स्वयंम आफै स्वहेरचाहमा ध्यान दिदै सकारात्मक सोच सहित समस्याको सामना गर्नु उपयुक्त हुन्छ ।

विशेष गरि विश्वमा महामारीको रूपमा फैलिएका कोरोना भाईरसको कारणले गर्दा अहिले आमसमूदाय र मानव जातिमा एक प्रकारको तनाब सृजना भएको छ । विभिन्न तनाव मध्ये चिन्ता रोगको लक्षण बढी देखीएको पाईन्छ । तनावले गर्दा मानबको मन शरीर र उसले गर्ने व्यबहारमा केहि मनोसामाजिक समस्याहरु देखा पर्छ । जस्तैः बिना कारण रिस उठ्ने , निन्द्रा गडिबडी हुने, वा निन्द्रा नलाग्ने, मन रमाइलो नहुने, कुनै कुरामा खुशी हुन वा रमाउन नसक्ने , खान खाना मन नलाग्ने , चिन्ता लाग्ने, अरु संङ्ग त्यति बोल्न मन नलाग्ने , जस्ता लक्षण्हरु हाम्रो मनमा देखिन्न सकिन्छ । यसका साथै थकाई बढी लाग्ने , दैनिक आफ्नो कृयाकलाप्मा जागार नलाग्ने, एक्लै बस्न मन पराउने वा टोलाई रहन्ने , आत्माबिश्वासको कमि हुने, हिनताबोध हुने, बारम्बार रुन मन लाग्न , यौन ईच्छामा कमि आउने , टाउको दुख्ने, पेट पोल्ने, मुटुको धड्कन अनियमित हुने , केहि असरहरु हाम्रो शरीरमा देखिन्छन् । त्यसै गरि टाउको तथा शरीरको विभिन्न भाग दुखेको अनुभव हुने , आत्मा हत्या गर्ने सोचाई आउने तथा कोसिस समेत गर्न खोज्ने , जिउ पोल्ने, रिंगटा लाग्ने पसिना आउने , लडिन्छ कि जस्तो लाग्ने , सास फेर्न असजिलो हुने , घाँटिमा केही अड्किएको जस्तो हुने, पोल्ने मुटुको धट्कन अनियमित हुने, आत्महत्या गर्ने सोचाई आउने तथा कोशिस समेत गर्न खोज्ने, रिंगटा लाग्ने, पसिना आउने, लडिन्छ कि जस्तो लाग्ने, छिटोछिटो दिशा पिसाब लाग्ने , मुख सुक्ने आदि विभिन्न प्रकारका शारीरिक लक्षणहरु देखिन्न सक्छन् । यो अबस्थामा नराम्रो कुराहरुको बारेमा सोची रहन्नु भन्दा सकारात्मक सोचको बिकास गरि चुनौतीको सामना गर्ने व्यबहारको अबलम्बन गर्नु उत्तम हुन्छ ।

विश्व नै कोभिड ९१९ को विषम परिस्थितिमा गुज्रिएको समयमा तपाईं हामी सचेत नागरिकहरुले संयमता अपनाई नेपाल सरकारले जारी गरिएको सूचना र निर्देशनलाई पुर्ण रूपमा पालना गर्दै विशेष काम बाहेक बाहिर निस्किन्न परेमा स्वास्थ्य मापदण्डको पालना गरौ कोभिड ९१९को पुर्ण सामना गरौं । जहाँ चुनौती त्यहाँ अबसरभने झै हामीले मनोसामाजिक समस्याहरुलाई नियन्त्रण गर्नका लागि यी उपायहरु अबलम्बन गर्नु जरुरी छ । संकटको समयमा निराश हुनु , डर लाग्नु, क्रोध पैदा हुनु स्वाभाविक नै हो । निराश र चिन्तित बनाउने टेलिभिजनमा आउने कार्यक्रम सके सम्म नहेर्ने हेरे पनि कम हेर्ने , सामाजिक संजाल तथा रेडियोमा आउने वास्तविक समाचारलाई मात्र ध्यान दिने , जसले गर्दा तपाईको नैराश्यता केही हद सम्म कम गर्न मद्दत गर्छ ।
सहि सूचना मात्र ग्रहण गर्ने, तनाव घटाउने निहुँमा धूम्रपान, मदिरापान वा अरु लागुपदार्थ सेवन नगर्ने , आफुलाई मानसिक रूपमा कमजोर भए जस्तो लागेमा स्वास्थ्य कमि वा मनोविदहरुसंग सम्पर्क र समन्वय गरी परामर्श लिने, घरमा भएको आफ्नो परिवारहरुसंग सामाजिक सदाचार कायम राख्ने र परिवारको सदस्यहरु घर भन्दा बाहिर भएकाहरुसंग टेलिफोन , म्यासेन्जर मार्फत सम्पर्क गरि कुराकानी गर्ने, नियमित रूपमा विभिन्न व्यायम गर्ने, करेसाबारीमा भएको पौष्टिक आहार सेवन गर्ने, राति धेरैबेरसम्म सामाजिक संजालमा नबस्ने , समयमा नै सुत्ने, आफ्ना मनका कुराहरु मन मिल्ने साथीहरूसंग बाढ्ने र सुनाउने , विभिन्न पुस्तकहरु पढ्ने , खेतबारीमा नियमित काम गर्ने ,सुतेर मात्र नबस्ने , सृजनशिल बन्न कोशिस गर्ने , खानपानमा ध्यान दिने, कोरोना भाईरसको कारण डर लाग्छ या हुन्छ भने कोभिड सम्बन्धि समाचार र भिडियो जस्ता सामाग्री नहेर्ने , आफुलाई जे मन पर्छ त्यही कामहरु गर्ने , जसले गर्दा स्वंयम व्यक्तिलाई फाईदा हुन्छ नै तर अन्य व्यक्तिहरुलाई पनि यसले फाईदा पु¥याउछ । यस्तो महाविपत्तिको बेलामा मानिसको सोचाई , उसले गर्ने व्यबहार र भावनालाई छिटो भन्दा छिटो असर गर्न पुग्छ । त्यसैले हामीले परिस्थितिलाई बदल्न भने सकिदैन तर आफ्नो मनोस्थितीलाई भने बदल्न कोशिस गर्नु पर्छ ।

विश्व महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरसले विश्व नै आक्रान्त बनाई रहेको अबस्थामा नेपाल पनि अछुतो रहन्न भने सकिएन जसले गर्दा अहिले नेपालको गाउँ बस्ती बस्तिमा कोरोनाको संक्रमण दिन प्रति दिन फैलिदो क्रममा रहेको छ ।

कयौंको कोभिडको कारणले मृत्युवरण समेत भएका छ्न भने संक्रमणहरु थपिएका छन् । जसले गर्दा अहिले समुदाय स्तरमा मानसिक रोगीहरुको संख्या पनि बिकाराल रूपमा थप्ने क्रम बढदो रहेको पाईन्छ । मनोशिक्षाको चेतनाको कमि भएको कारणले मानसिक समस्या भएका व्यक्तिहरु समुदायमा तिरस्कृत , भेदभाव र दयनीय अबस्थामा बाच्नु परेको छ ।

प्रायः उनीहरु स्वयमले उपचारका लागि अघि सर्न नसक्ने अबस्थामा हुन्छ्न् । उसको परिवारको सदस्यहरु पनि लाजले गर्दा नै समुदायमा खुलेर आफ्नो समस्याहरु भन्न राख्न सकि रहेको अबस्था पनि छैन । अर्को तिर मानसिक रोगी भन्ने बित्तिकै समाजले घृणा गर्ने , लाल्छ्ना लगाउने, सामाजिक काममा विभेद गर्ने दृष्टिकोणले पनि उनिहरुले आफ्नो समस्याहरु खुलेर राख्न सकि रहेको छैन । जसको फल स्वरुप झन मानसिक रोगीको संख्या दिनौ दिन वृद्धि भैइरहेको पाईन्छ ।

यसले गर्दा समयमा नै उपचार गरेर सामान्य अबस्थामा फर्कन सक्ने प्रकृतिका व्यक्तिहरु दीर्घ रोगीको अबस्थामा पुग्ने सम्भावना देखिन्छ । यसलाई समयमा नै न्यूनीकरणकरण गर्नको लागि राज्यले आफ्नो नीति तथा कार्यक्रम नै बनाएर समुदाय स्तरमा मानसिक रोग सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने , नागरिकलाई सुसूचित गर्ने र उत्प्रेरित हुने कार्यक्रम संचालन तथा कार्यन्वयन साथै सम्बन्धित विषय विज्ञ दक्ष जनशक्तिलाई परिचालन गर्नु पर्ने देखिन्छ ।

तनाव आफैमा रोग होईन, यसलाई व्यबस्थापन गर्न नसक्नु चाहिँ रोग हो भने झै हामी आफैलाई हामीले कसरी व्यबस्थापन गरि रहेको छ भन्ने मुलभुत कुरा हो । हामीले आफ्नो शरीरलाई त ख्याल गरि रहेको नै तर हामीले मनोबैज्ञानिक रूपमा गर्नु पर्ने हेरचाह कतिको गरि रहेको छ पहिला आफैलाई प्रति प्रश्न गर्न जरुरत छ जस्तो लाग्छ । हामी सामाजिक संजालमा कति व्यस्त भयौ , राति सुत्ने कुरामा ध्यान कतिको दियौं यसमा बिचार पुर्याउनु पर्ने हुन्छ । हो हामीले निन्द्रा नपुग्ने बित्तिकै शरीर र व्यबहारमा मनोबैज्ञानिक असर गर्छ । त्यसैले कम्तिमा ८ घन्टा निदाउनु पर्छ नै हामी निदायौ कि निदाएनौ विशेष गरि यो बेला बिश्वमा महामारीको रूपमा फैलिएको कोभिड ९१९ को कारणले सबै जना होम आईसोलेसनमा नै छौ । यहि अबस्थामा मानिसको शरीर जहाँ भए पनि हाम्रो मन निरन्तर आफ्नै गतिमा दौडी रहन्छ नै त्यसैले मन जताततै पुगि राखेको हुन्छ । यसलाई नि यो अवस्थामा मानिसमा आउने सामान्या प्रतिक्रिया हो भनेर बुझ्नु पर्छ ।

यो बेला सकारात्मक कुरा भन्दा पनि नकारात्मक कुरा मनमा बढी आउने गर्दछ । यो बेला राम्रो सोचको बिकास गर्न जरुरी रहन्छ ।आफ्नो परिवारको सदस्यहरुबीच छलफल गरि आगामि दिनको कार्ययोजना निर्माण गर्ने , सामुहिक रूपमा घरायसी कामकाजमा सक्रिय सहभागिता जनाउने , टेलिभिजन हेर्ने , रेडियो सुन्ने , मोबाइलमा गित बजाउने र सुन्ने , बालबालिकाहरुसंङ्ग सके सम्म स्थानीय स्तरमा खेलाईने खेलहरु खेल्ने र मनोरन्जन लिने जसले गर्दा हाम्रो मन र मस्तिष्कमा नराम्रो कुरा खेल्न अवसर पाउदैन सकारात्मक सोचको बिकास पैदा हुन्छ ।

आफुलाई मन पर्ने साथीहरुसंङ्ग आफ्नो कुराहरु बताउने , काममा व्यस्त रहन्ने विभिन्न नयाँ पुस्तक खोजी गरि सो अध्ययन गर्ने , विभिन्न लेख रचना लेख्नेमा रुचि गर्ने, यी उपायहरु तपाइँहरुले अबलम्बन गरि रहदा पनि आफ्नो मन र शरीरको समस्या व्यबस्थापन तथा समाधान गर्न सकेन भने नजिकैको स्वस्थ्यकर्मी , मनोबिद , मनोचिकित्सक र मनोपरामर्शाकर्ता संङ्ग समन्वय र सम्पर्क गरि परामर्श लिदा सहज राम्रो हुन्छ ।

नोर्बु योन्जन
मनोपरामर्शाकर्ता
हाल दोरम्बा गाउँपालिकाद्वारा संचालित (सामी) रोजगार प्रबद्र्धन कार्यक्रममा कार्यरत

WRITE COMMENTS FOR THIS ARTICLE