Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

प्रधानमन्त्री ओलीले मागे बेलायतसँग कोरोना खोप

६ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग माग्नु भएको छ ।

बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा उहाँले नेपाली नागरिकका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गर्नुृभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थापाले बताउनु भयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE