Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

१३ जेठ, धनगढी – सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आउनुभएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत हुनुभएको थियो ।

पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गर्नुभएको थियो । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लले माघ ८ गते शपथ लिनुभएको थियो । मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE