Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

१४ जेठ, काठमाडौँ – एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपनाजस्तो लागेको बताउँछन् । “यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो । देशभर कोरोनाका कारण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ ।

पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेनाले पाएपछि काममा तीव्रता पाएको उनले उल्लेख गरे ।

सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो । कोरोना सङ्क्रमण सुरु भएयता सेनाले सडक निर्माण कार्यलाई झनै तीव्रता दिएको थियो । रात दिन नभनी कोरोना कहरमै पनि काममा तीव्रता दिँदा सेनाले हुम्ला खण्डमा आफ्नो जिम्मा रहेको सडक निर्माण गर्न सफल भएको स्थानीयवासीको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE