Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

भरुवा बन्दुक र अवैध लागूऔषधसहित दुईजना पक्राउ

भरुवा बन्दुक र अवैध लागूऔषधसहित दुईजना पक्राउ

१८ जेठ, काठमाडौं– बाग्लुङको ढोरपाटनबाट भरुवा बन्दुक र अवैध लागूऔषध सहित प्रहरीले दुईजनालाई पक्राउन गरेको छ ।

प्रहरीले ढोरपाटन नगरपालिका–४ भागीका ३८ वर्षीय डम्बर बहादुर पुनलाई १ थान भरुवा बन्दुक, करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश तथा करिब ४ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो र सोही ठाउँ बस्ने ३४ वर्षीय जित बहादुर पुनलाई करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित मंगलबार बिहान पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले घरको तालासी गर्दा उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Sponsored
Sponsored

 

 

WRITE COMMENTS FOR THIS ARTICLE