Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

नेपालमा नयाँ भेरियन्टको भाइरस भेटिएको अवगत छैनः डब्लुएचओ नेपाल

नेपालमा नयाँ भेरियन्टको भाइरस भेटिएको अवगत छैनः डब्लुएचओ नेपाल

२० जेठ, काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको नेपालस्थित कार्यालयले , ‘नेपालमा सार्स कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’
हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

बेलायती सञ्चारमध्यम नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । तर डब्ल्यूएचओले त्यसको खण्डन गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE