Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

चट्याङ लागेर एक जनाको मृत्यु

२५ जेठ, काठमाडौँ – मोरङमा हावाहुरी र वर्षासहित परेको चट्याङले लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । चट्याङ्ले लाग्दा बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रदेश १ का प्रहरीले जानकारी दिएको हो ।

उनका अनुसार घरको बरण्डामा खाना खाइरहेका बेला घरनजिकै परेको चट्याङ्ले लागेर चौधरी घाइते भएका थिए ।

साँझ ७:३० बजेतिर चट्याङ्ले लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि ल्याउँदै गर्दा राति ८ बजेतिर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE