Date
मङ्ल, बैशाख ४, २०८१
Tue, April 16, 2024

नेप्सेले बनायो नयाँ रेकर्ड, बजार परिसूचक २९ सय ६० विन्दू नाघ्यो

नेप्सेले बनायो नयाँ रेकर्ड, बजार परिसूचक २९ सय ६० विन्दू नाघ्यो

२५ जेठ, काठमाडौं– सेयर बजारले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूच नेप्से बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

सोमबार झिनो अंकको करेक्सन आएको सेयर बजार मंगलबार भने पुनः बढ्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक यो उचाइमा पुगेको पहिलो पटक हो । परिसूचक सँगै कारोवार रकममा पनि उल्लास छाउँदै बजारमा आज १७ अर्ब हाराहारीको कारोवार भएको छ ।

बजारमा आज १ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो ।

बजारमा आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ ।

नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् । बजारमा उल्लास देखिदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE