Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गर्ने

२५ जेठ, काठमाडौँ – बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गर्नुभएको  हो ।

बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो ।

सो छलफलपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE