Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

द साल्भेशन आर्मी संस्थाद्वारा विभिन्न जिल्लामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण

२६ जेठ, काठमाडौँ – द साल्भेशन मिसनको कोभिड रेस्पोन्स कार्य, द साल्भेशन मिसन समुदाय विकास र विपत व्यवस्थापन कार्यको लागी एक प्रसिद्ध संस्था रहेको छ । यो संस्था विश्वव्यापी रुपमा द साल्भेशन आर्मी को नामले चिनिन्छ । आर्मीको स्थापना सन् १८६२ मा लण्डनमा जनरल विलियम बुथ द्धारा भएको थियो । नेपालमा यसको स्थापना सन् २००९ देखि भएतापनि कानुनी रुपमा सन् २०१३ मा कम्पनी ऐन अन्तरगत भई सन् २०१५ को महाभुकम्प पश्चात समाज कल्याण परिषद्मा आवद्ध भएको थियो ।

बिना कुनै प्रकारको विभेद समस्त जनताहरुको सेवा गर्ने लक्ष्य रहेको मिसनले यो वर्ष कोभिड–१९ को दोस्रो लहरको कारण उत्पन्न समस्याहरुको सम्बोधन स्वरुप स्वास्थ्य संस्था तथा स्थानीय सरकारलाई विविध प्रकारका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु देशको तिनवटा प्रदेशका विविन्न स्थानहरुमा हस्तान्तरण तथा वितरण गरेको छ  ।

यसै क्रममा बागमती प्रदेशको रामेछाप जिल्लामा दुई चरण गरि जिल्लाको ४ वटा स्थानीय तहहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरिसकेको छ ।  दोरम्बा गाउँपालिकाको दोरम्बा अस्पताल र गोकुलगंगा गाउँपालिकाको गोकुलगंगा अस्पतालको लागी कुल २० शैयाको अस्थायी आईसोलेन होम सहितको सामग्रीहरु हस्तान्तरण गरेको छ । आईसोलेसन होमको लागी आवश्यक पर्ने गुणस्तरिय टेण्ट हाउस ४ थान, पुरा बेड सेट २० सेट, मास्क ५ हजार  थान, सेनिटाईजर २० लिटर, साबुन ७५ पिस, पि.पि.ई. २४ थान, फेस शिल्ड २४ थान र ग्लोब्स १० बक्स लगाएतका सामग्रीहरु प्रदान गरेको हो।

यसैगरि दोस्रो चरणमा सुनापति गाऊँपालिका र उमाकुण्ड गाऊँपालिकालाई कुल १५ वटा बेड सेट, १० वटा भरिएको ठुलो अक्सिजन सिलिन्डर, २० थान अक्सिमिटर, अक्सिजन कन्सर्नटेटर २ थान, पि.पि.ई. ४० सेट, फेस शिल्ड ४० सेट, मास्क १० हजार थान, सेनिटाईजर २० लिटर, थर्मल गन ३ थान लगायतका सामग्रीहरु वितरण गरेको छ ।

यस्तै अत्यावश्यक सामाग्रीहरु मिसनले बागमती प्रदेश अन्तरगत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र जुगल गाउँपालिका, धादिङ जिल्लाको रुवी भ्याली गाऊँपालिका र थाक्रे गाउँपालिकामा र नुवाकोटका विविध स्थानीय स्वास्थ्य संस्थाहरुलाई पनि ठुलो मात्रामा सामाग्रीहरु वितरण गरेको  छ ।

गण्डकी प्रदेशमा पनि मास्क, पि.पि.ई., कन्सर्नटेटर तथा सेनिटाईजर लगायतको सामाग्री वितरण गरेको छ । जसमा लमजुङ जिल्ला अस्पताल र मस्र्याङ्दी गाउँपालिकालाई पनि अत्यावश्यक सामाग्रीहरु वितरण गरेको छ  ।

प्रदेश १ को मोरङ, सुनसरी र झापा जिल्लामा पनि मिसनले स्थानीय स्वास्थ्य कर्मी, सुरक्षाकर्मी र जनताहरुलाई मास्क, सेनिटाईजर र खाद्य सामाग्रीहरु कोभिड १९ विरुद्धको रेस्पोन्स रुवरुप वितरण गरेको द सल्भेसन आर्मी मिशन नेपालको  कोषाध्यक्ष निशान लोले सवाल मिडियालाई जानकारी दिनुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE