Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

द साल्भेसन मिसन नेपालद्वारा २ सय घर धुरीलाई खाद्यान्न सामग्री बितरण

२७ जेठ, काठमाडौँ – द साल्भेसन मिसन नेपालद्वारा २ सय घर धुरीलाई खाद्यान्न सामग्री बितरण गरेको छ । विभिन्न जिल्लाबाट काठमाडौं, भक्तपुर र ललितपुरमा ज्याला मजदुरी गर्दै आएको एकल महिला, सहिद परिवार, कोभिड-१९ ले गर्दा रोजगार गुमेका श्रमिक परिवारलाई भक्तपुरमा खाद्यान्न सामग्री बितरण गरेको हो ।

करिव २०० घर धुरीलाई श्री काकलिङ माबि दोरम्बाको पूर्व विद्यार्थी तथा द साल्भेशन मिशन आर्मी नेपालको कोषाध्यक्ष निसान लो र हरि सुनुवारले खाद्यान्न सामग्री बितरण गर्नुभएको हो  ।

चामल २५ के. जी. १ बोरा , दाल १ के.जी., तेल १ लि. , नुन १ के.जी. र चिनी. १ के. जी. प्रत्येक घर धुरीलाई उक्त  सामग्री बितरण गरेका हुन ।

निओ ब्याट्मिन्ट समूह भक्तपुरको अध्यक्ष अधिबक्ता छोनाम मोक्तान, दोरम्बा सहिद स्मृति प्रतिष्ठान रामेछापको अध्यक्ष नेकपा (माओबादी केन्द्र) रामेछापको जिल्ला कमिटी सदस्य धन बहादूर तामाङ (अमिर), पर्तिष्ठानका सदस्य भुपेन्द्र योञ्जन, श्री काकलिङ माबि दोरम्बाको शिक्षक अविभाबक संघको अध्यक्ष कर्म सिङ योञ्जन, समाजसेवी बुद्ध तामाङ र निओलोजिअन बोर्डिङ स्कुलको फाउन्डर प्रिन्सिपल रत्न ब.राई, सोहि स्कुलको संचालक निर्देशक जयकला राई, नेपाली सेनाबाट निवृत्ती रबिन लामा, काकलिङ कन्ट्रक्स्न प्रा. लि.को प्रोप्राईटर दिलिप मोक्तान, निओ ब्याटमिन्टन समुहको सदस्य हरेन्द्र योञ्जन, भिम मोक्तान, कार्साङ योञ्जन लगायत श्री काकलिङ मावि दोरम्बाको पूर्व विद्यार्थीहरुको समन्वय तथा सक्रिय सहभागितामा  खाद्यान्न राहत बितरण गरेको दोरम्बा सहिद स्मृति प्रतिष्ठान रामेछापको अध्यक्ष धन बहादूर तामाङ (अमिर)ले जानकारी दिनुभएको हो   । 

यस अघि पनि द साल्भेशन आर्मी संस्थाद्वारा विभिन्न जिल्लामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण तथा बितरण गर्दै आईरहेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE