Date
आइत, कार्तिक ७, २०७८
Sun, October 24, 2021

झापामा निषेधाज्ञा थप ७ दिन, केही खुकुलो

३१ जेठ,काठमाडौँ – झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै केही व्यवसाय भने खुकुलो बनाइएको छ। आइतबार डिसिसिएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यान्न, हार्डवेयर, बीउ विजन, वर्कसपमा खुकुलो बनाइएको हो।

आज सम्पन्न बैठकले खाद्यान्न, फलफूल, तरकारी माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयर पसल बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ। हाट बजार, पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आग्रह गरेको छ।

मल खाद्य, बीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहारसम्बन्धी पसललाई बिहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ।

हार्डवेयरसम्बन्धी पसल बिहान ६ बजेदेखि १० बजेसम्म खुला गर्न पाइने छ।डिसिसिएमसीले अन्य नियम यसअघिकै पालना गर्नुपर्ने जनाएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE