चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
८ असार, काठमाडौं– प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई धनगढीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने महेश राना रहेको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी चोरी मुद्दामा १९ दिन कैद र १ लाख ६ हजार १ सय २३ जरिवाना ठहर भई फरार रहेका थिइ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अदालतले उनलाई ल्यापटप, मोबाईल र नगद गरी जम्मा १ लाख ४० हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको घटनामा उक्त फैसाला गरेको थियो।
उनलाई कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE