कविता : किन नपाउने !

बलात्कारीहरु समाजमा खुलेआम
हिड्न पाउने ।
तर बलात्कृत नारीहरुले त्यो
सामाजमा न्याय किन नपाउने ।।
नेताहरु हो तिम्ले करोडौंका चिल्लो गाडीमा
आनन्दका साथ हिन्न पाउँदा।
सर्वसाधारणहरुले सार्वजनिक गाडीमा पनि
हिड्न किन नपाउने।।
तिमी साधारण बिरामी हुँदा
विदेशका मंङ्गगा हस्पिटलमा उपचार पाउने।
सर्वसाधारणहरु बिरामी पर्दा
वीर हस्पिटलमा नि किन उपचार नपाउने ।।
तिम्ले लाखौंलाखको पानी विदेशबाट
मगाएर सजिलै सँग खान पाउने।
तर मैले मेरै देशको
पानी किनेर खान पनि नपाउने।।
समृद्ध नेपाल सुखी नेपाली
भन्ने नारा तिम्ले गाउदा ।
गणतन्त्र र लोकतन्त्र नेपालको
अनुभुती किन कहिले गर्न नपाउने ।।
कालापानी ,लिपुलेक र लिम्पियाधुरा
सहितको नेपालको नक्सा टिभीमा हेर्न पाउँदा।
मैले पढ्ने किताब मा
पढ्न र हेर्न किन नपाउने ।।
तैले ठुला व्यापारीहरुलाई
करोडौंकरोडको कर छुट दिँदा।
मेलै बाख्रा र कुखुरा पालेको
करको छुट किन नपाउने ।।
प्रकाश गौतम
दोरम्बा-६ लखनपुर रामेछाप
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE