कक्षा ११ र १२ को रजिष्ट्रेसन र परीक्षा आवेदन फारम असार २० सम्म भर्न सकिने
कक्षा ११ र १२ को रजिष्ट्रेसन र परीक्षा आवेदन फारम असार २० सम्म भर्न सकिने
१२ असार, काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।
बोर्डले रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद २०७८ असार २० गतेसम्मका लागि थप गरेको हो ।
यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म तोकिएको थियो ।
अघिल्लो समयसीमाभित्र फारम बुझाउन छुटेकाहरुलाई दोब्बर दस्तुर लाग्ने गरी फारम भर्ने म्याद थपिएको बोर्डले जनाएको छ ।
रजिष्ट्रेसन नम्बरको अघिल्लो दुई अंक ७० बाट सुरु हने विद्यार्थीले मात्र फारम भर्न पाउनेछन् ।
बोर्डले रजिष्ट्रेसन फारमका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ दस्तुर लाग्ने सुचनामा उल्लेख गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE