
रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ
रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ

२७ असार, काठमाडौं– संरक्षित वन्यजन्तु रेडपाण्डा र भालुको पित्तसहित बाँकेबाट तीन जना पक्राउ परेका छन् ।
नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँका ४१ वर्षीय केशव पुन र दाङ शान्तीनगर गाउँपालिका–१ का २९ वर्षीय रोबिन बुढा रहेका छन् ।
उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले झोलामा लुकाई राखेको उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE