Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

सन् २०२१ भित्र सबै नागरिकलाई खोप दिने प्रधानमन्त्री ओलीको भनाइ

सन् २०२१ भित्र सबै नागरिकलाई खोप दिने प्रधानमन्त्री ओलीको भनाइ

२७ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप पु¥याउने दाबी गर्नुभएको छ ।

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाउनुभयो ।

समारोहका क्रममा प्रधानमन्त्री ओलीले, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।’ भन्नुभयो ।

प्रधानमन्त्रीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइसक्ने योजना रहेको उहाँले सम्बोधनका क्रममा बताउनुभयो । उहाँले भन्नुभयो, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।”

स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुनेमा प्रधानमन्त्री ओलीले विश्वास रहेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE