Date
शुक्र, जेष्ठ ११, २०८१
Fri, May 24, 2024

राजनीतिक भेटघाटमा ‘विप्लव’, भेटे माधव नेपाललाई

राजनीतिक भेटघाटमा ‘विप्लव’, भेटे माधव नेपाललाई

३१ असार, काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

महासचिव विप्लवले बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा पुगेर भेट गरेका हुन् ।

‘विप्लव’ले भेटवार्तामा अर्का नेता धर्मेन्द्र वास्तोला पनि सँगै रहेका छन् ।

नेता नेपालसँगको भेटमा प्रचण्डसहित नेतासँग विप्लवले छलफल गरेका हुन् ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

महासचिव ‘विप्लव’ले बुधबार प्रचण्डसँग प्रचण्डकै निवास खुमलटारमा प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

उक्त भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE