Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अर्थ मन्त्रालयले सोध्यो धितोपत्र बोर्डलाई स्पष्टीकरण

अर्थ मन्त्रालयले सोध्यो धितोपत्र बोर्डलाई स्पष्टीकरण

१४ साउन, काठमाडौं– धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । इनसाइडर ट्रेडिङको आरोप लागेपछि बोर्डका अध्यक्ष ढुङ्गानालाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

ढुङ्गाानालाई नेपालमा पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा करीव १२ हजार कित्ता नामसारी भएको पाइएको थियो ।

बोर्ड अध्यक्षले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण माग गरेको छ । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE