Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उपाध्यक्ष नेम्बाङ र दुई पत्रकारमाथि छानबिन माग गर्दै एन्फामा प्रशिक्षक अल्मुताइरीको निवेदन

उपाध्यक्ष नेम्बाङ र दुई पत्रकारमाथि छानबिन माग गर्दै एन्फामा प्रशिक्षक अल्मुताइरीको निवेदन

१४ असोज, काठमाडौं– राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन माग गरेका छन् । प्रशिक्षक अल्मुताइरीले एन्फामा निवेदन दिएर छानबिनको माग गरेका हुन् ।

नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

यद्यपि एन्फा मुख्यालय पुगेका प्रशिक्षक अब्दुल्लाले राजीनामा भने दिएका छैनन् ।

त्यसअघि एक अनलाइनका दुई पत्रकारले प्रशिक्षकले सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको विषयमा प्रश्न गर्दा भएको विवादले पनि सामाजिक सञ्जाल तातिएको थियो ।

यीनै दुई प्रकरणमा आफूसँग जोडिएका दुई पत्रकार र उपाध्यक्ष नेम्वाङमाथि छानविन गर्न माग गर्दै एन्फामा विहीबार निवदेन दिएका छन् ।

एन्फा प्रवक्ताका अनुसार ‘पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन गर्नका यसअघि नै निवेदन दिइसकेका छन् ।’

WRITE COMMENTS FOR THIS ARTICLE