Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कांग्रेस क्रियाशिल सदस्य छानविन समिति सदस्यहरुसंग केही खुबी छैन राजीनामा दिनुस्ः उदयकान्त यादब

१६ साउन, काठमाडौँ – कांग्रेस नेता उदयकान्त यादवले नेपाली काँग्रेसले पार्टीको  क्रियाशील  सदस्यता  छानबिन समितिसंग केही खुबी नभएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रौतहट प्रमाण सहितको उजुरी दिँदा पनि छानबिन समितिले सुनुवाई गर्न नसकेको भन्दै सो आरोप लगाएका हुन्  ।

समितिमा भएका सदस्यहरुले जताभावी क्रियाशील सदस्य वितरणमा भएको विषयमा छानविन गर्न नसकेको बताएका छन् ।

कांग्रेसमा क्रियाशिल सदस्य वितरण विवाद भइरहेको छ । सोही विवाद समाधानको लागि गठित समितिले समेत ९६ प्रतिशतमात्र समस्या समाधान गरेपछि असन्तुष्ट कांग्रेसका कार्यकर्ताहरु कार्यालयमा अनसन ६ बुँदे माग हित बसीरहेका छन् ।

अनसनरत नेता तथा कार्यकर्ताको मागहरू

१. रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ को चार वटै निकायको कार्य समिति बाट सिफारिस नभई आएको नया क्रियाशील सदस्यता खारेज हुनुपर्छ।

२. ३१ वटा वडा सभापतिलाई र कार्य समितिलाई नया क्रियाशील सदस्य फारम उपलब्ध गराउनुपर्छ।

३. ९८ जनालाई नवीकरण गर्न छुटाएकोले केन्द्रिय पार्टी कार्यालयमा नगदी रसिद काटी नाम सहित छानबिन समितिलाई उजुरी दिएको उक्त नामावलीलाई इन्ट्री हुनुपर्छ।

४. हाल फर्जी क्रियाशील नं र नाम राखी नविकरणको लागि सिफारिस गरेको नम खारेज हुनुपर्छ ः माधवनारायण नगरपालिका वडा ,वडा नं १ मा १६ जना, वडा नं २ मा १४ जना, वडा नं ३ मा १६ जना, वडा नं ५ मा ५ जना, वडा नं ६ मा ६ जना,वडा ७ र ८ मा १७ जना, गरुडा नगरपालिका वडा नं १ मा १६ जना, गढीमाई नगरपालिका वडा नं ६ र ७ मा ७३ जना, वडा नं ८ मा ३२ जना,

५. नयाँ क्रियाशील सदस्यता फारम वडाबाट सिफारिस भएको रसिद काटी इन्ट्री गराएको तर पार्टीबाट प्रकाशन भएको नामावलीमा नाम परिवर्तन भएर प्रकाशन भएको नामहरू खारेज हुनुपर्छ (वडाहरु) राजदेवी नगरपालिका वडा नं ५ र ६, गौर नगरपालिका वडा नं ९

६. फोरम लोकतान्त्रिक बाट समायोजन भएको भन्दा बढी क्रियाशील सदस्यको नाम पठाएका नामहरू खारेज हुनुपर्छ वडाहरुस् यमुनामाई गाउँपालिका वडा नं ४ मा ४२ जना, दुर्गाभगवती गाउँपालिका वडा नं २ मा ११ जना, राजदेवी नगरपालिका वडा नं १ मा १२ जना, वडा नं ५ मा ७ जना, गौर नगरपालिका वडा नं ५ मा २० जना नभए

रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ मा १३ औँ महाधिवेशनमा सहभागी भएको क्रियाशीलको आधारमा अधिवेशन गराउनुपर्ने।

WRITE COMMENTS FOR THIS ARTICLE