Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

विश्वकै लामो दाबी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुलको नामाकरण

कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो।

२३ भदौ,बागलुङ-विश्वकै लामो दावी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ।

बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो।

नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए। मंगलबार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो।

पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनोट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपैयाँ नगद राशी उपलब्ध गराउने घोषण गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ। पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ।

WRITE COMMENTS FOR THIS ARTICLE