नेपाल भर्सेस बंगलादेश पहिलो हाफ गोलरहित बराबरी
२७ भदौ, काठमाडौँ – नेपाल र बंगलादेशको महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले पाएका अवसर सदुपयोग गर्न सकेन ।बंगलादेशकी गोलकिपरले सरु लिम्बुको प्रहारलाई बचाउ गरिन् । यस्तै बंगलादेशले पनि नेपाललाई दबाब दिएको थियो । पहिलो हाफको अन्त्यतिर बंगलादेशका खेलाडीको प्रहार क्रसबारमा लागेको थियो ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ को जित हात पारेको थियो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
एसिन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै एसिन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE