Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कार दुर्घटनाहुँदा नायिका ईश्वरीको निधन

५ आश्विन, एजेन्सी – भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो ।

ईश्वरीको पहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो । २५ वर्षीय नायिका तथा उहाँका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिनुभयो ।

कार कसले चलाइरहेको थियो भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ । सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो । रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उहाँहरुको शव निकाल्न सकिएको थियो ।

इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहनुभएको थियो। मराठी फिल्मको सुटिङ लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो ।

कुनै क्लबमा गएको आशंकाः

दुबैको हातमा रिस्टब्यान्ड भेटिएको थियो । दुर्घटनाको अघिल्लो रात उनीहरु कुनै क्लबमा गएको हुनसक्ने पनि आशंका गरिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE