Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

मोतीपूर औद्योगिक क्षेत्रमा गोली चल्यो

२४ असोज, बुटवल – रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ। स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको छ ।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीय र प्रशासनबीच झडप भएको थियो । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE