Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

साफ च्याम्पियनसिप : नेपाल भारतसँग १-० गोलले पराजित

काठमाडौं – सुनील क्षेत्रीको निर्णायक गोलप्रेरित भारतसँग साफ च्याम्पियनसिपमा नेपाल १-० गोलको नतिजामा पराजित भएको छ । आइतबार माल्दिभ्सको मालेमा भएको खेलको खेलको ८२औं मिनेटमा भारतीय कप्तान सुनीलले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
माल्दिभ्समा जारी प्रतियोगिताका सुरुआती दुई खेलमा जित निकाल्दै फाइनल प्रवेशको सम्भावना प्रवल बनाएको नेपालले बंगलादेशविरुद्ध हुने अन्तिम खेलको नतिजा पर्खिनु पर्ने भएको छ । त्यो खेलमा जित वा बराबरी निकाल्न सके नेपाल पहिलो पटक फाइनलमा पुग्ने छ ।
माल्दिभ्सको मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको खेलमा नेपालले सुरुआतमा रक्षात्मक रणनीति अपनाए पनि गोलपछि अगाडि बढेर खेलेको थियो । सोही क्रममा पेनाल्टी एरियामा अञ्जन विष्टले अनमार्क्ड रहेका आयुष घलानलाई बल रिलिज नगर्दा नेपालले गोल गर्ने क्लियर चान्स गुमाएको थियो ।
पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० तथा दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको नेपालले आजको खेलमा जित हासिल गरे फाइनलमा स्थान बनाउने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE