Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

स्पेनको पहिलो जित

२७ जेठ, काठमाडौँ–यूएईएफए नेसन्स लिगमा स्पेनले पहिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले पहिलो जित निकालेको हो ।

जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको छ । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे । उनले खेलको १३औं मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरे । बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पाएको हो ।

प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्वीजरल्यान्ड तीन खेलबाट अंक रहित अन्तिममा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE