
शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’

५ असार, काठमाडौँ – कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गर्नु भएको हो । कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर सो कविता संग्रह रचना गरिएको बताउनु भयो । कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयबस्तुहरुलाई उठान गरिएको पनि उहाँको भनाई थियो ।
साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुटने बेला, तिमी हुँदा र नहुँदा, पग्लिएर मनको हिमाल, आमालाई सम्झेर, बादल र मनलगायतका शीर्षकहरु रहेको कविताहरु रहेका छन । कवयित्री शर्माको सो कविता संग्रहमा सामाजिक, सांस्कृतिक, नैतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको उपकूलपति उप्रेतीले बताउनु भयो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE