हिनामनोर आँधीका कारण दक्षिण कोरियामा सात जनाको मृत्यु

एजेन्सी – दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।
उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।
यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवात आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE