Date
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।

कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाजका पाइलटलगायतलाई पनि फूलमालाले स्वागत गर्ने कार्यक्रम छ। अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE