Date
शनि, माघ ५, २०८१
Sat, January 18, 2025

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, २ घाइते

२७ मंसिर, जाजरकोट-जाजरकोटको नलगाड नगरपालिका–३ बासकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटी बजार बाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधबार राती ९ बजे दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र उनका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

दुर्घटना पश्चात घटनास्थलमा पुगेको उद्दार टोलीले पौने ३ बजे दल्ली स्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो। अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको छ भन दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका छन । उक्त जिपमा ७ जना सवार रहेका थिए भने जिप ब्रेक फेल भएपछि सडकबाट खसेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE