शिक्षा
भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगद सम्मानित
चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा बिशेष्ट अतिथि चुडामणि खनालद्वारा दस हजार नगदसहित सम्मानित भएकी हुन् । उनले स्नातक कम्प्युटर ईन्जिनियरिङ छैठौ सेमेस्टरमा ४ जिपिए ल्याएर विश्विवद्यालय टपर भएकी थिइन् । यही बापत उनी सम्मानित भएकी हुन् । […]
One-Day Workshop on Family Values Concludes in Butwal
Butwal, Rupandehi — A one-day workshop on family values has concluded in Milan Tole, Ward No. 19 of Butwal Sub-Metropolitan City. The event was organised by Family Peace Association Nepal, with Bhupendra Bahadur Bhandari serving as the head trainer and youth leader Sandhya Basnyal facilitating the session. A total of 32 participants attended the workshop. […]
पारिवारिक मूल्यमान्यता विषयक एकदिने कार्यशाला बुटवल-१९ मा सम्पन्न
काठमाडौँ-पारिवारिक मूल्यमान्यता सम्बन्धी एकदिने कार्यशाला गोष्ठी बुटवल उपमहानगरपालिका–१९, मिलन टोलमा सम्पन्न भएको छ। फेमिली पीस एसोसिएशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको जिम्मेवारी भुपेन्द्रबहादुर भण्डारीले वहन गर्नुभएको थियो भने युवा नेतृ सन्ध्या बस्यालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा ३२ जना सहभागीहरूको उपस्थिति रहेको थियो। स्थलगत सहजीकरण पत्रकार सरिना मरासिनीले गर्नुभएको थियो। सहभागीहरूले “वर्तमान परिवेशमा पारिवारिक […]
सम्झौता कार्यान्वयनमा सरकार ईमानदारी रहनेमा देशभरिका शिक्षक विश्वस्त : अध्यक्ष सुवेदी
काठमाडौं । नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारले शिक्षकहरुसंग गरेको सम्झौता कार्यान्वयनमा ईमानदारी कायम राख्नेमा शिक्षक महासंघ विश्वस्त रहेको बताएका छन् । नेपाल शिक्षक संघ , काठमाडौं महानगर समितिले जेठ ९ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले आफूलाई सरकार प्रती पूर्ण भरोसा भएको बताएका हुन् । शिक्षकहरुले भद्र आन्दोलनमार्फत […]
कर्णाली एजुकेशन एक्स्पो–२०२५’ सम्पन्न, व्यवहारिक र सीपमूलक शिक्षाको माग
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा ‘कर्णाली एजुकेशन एक्स्पो (सिजन वान)’ सम्पन्न भएको छ। एक्स्पोमा कर्णालीको समग्र शैक्षिक अवस्थामाथि बहुआयामिक छलफल र विचार–मन्थन गरिएको थियो। एक्स्पोमा मन्त्री, सचिव, विज्ञ, अन्तर्राष्ट्रिय तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि गरी १३ जना प्यानलिस्टबीच विभिन्न सत्रमा गहन बहस गरिएको थियो। शैक्षिक सुधारका लागि शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको निष्कर्ष निकालिएको […]
विद्यालय शिक्षा ऐन जारीको मागसहित नेपाल शिक्षक महासंघ सिराहाको आन्दोलन प्रारम्भ
सिराहा, माघ ९ गते – विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघ सिराहाले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, सिराहामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाएको छ। महासंघले विगतमा भएका सहमतिहरूको कार्यान्वयन नहुँदा बाध्य भएर चरणबद्ध आन्दोलन प्रारम्भ गरेको हो। २०७५, २०७८ र २०८० सालमा नेपाल सरकारसँग भएका महत्वपूर्ण सहमतिहरूको आधारमा स्थायी, राहत, […]
आधारभूत शिक्षामा लगानी बढाउनुपर्छ: मुख्यमन्त्री सिंह
दिनेश सहनी जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि गर्नु अत्यावश्यक भएको बताएका छन्। शुक्रबार महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्माण भएको छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन योजनाबद्ध रूपमा आधारभूत तहकै शिक्षामा काम गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री सिंहले […]
सिरहाको औरही गाउँपालिकामा प्रधानाध्यापकको दुर्व्यवहारविरुद्ध पूर्व विद्यार्थी मञ्चको आन्दोलन
सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]
डोटेल माविमा राजनीतिक हस्तक्षेप र पदको दुरुपयोगले शिक्षामा समस्या
मंसिर १८, सिरहा: धनगढीमाई नगरपालिकाको डोटेल माध्यमिक विद्यालयमा राजनीतिक हस्तक्षेप र पदको दुरुपयोगले शिक्षामा गम्भीर समस्या उत्पन्न भएको छ। शिक्षकहरूले आफ्नो पेशागत मर्यादा विपरीत तल्लो पदका व्यक्तिबाट निर्देशन लिनु परेको गुनासो गरेका छन्, जसले उनीहरूको मनोवैज्ञानिक स्वास्थ्य र पेशागत प्रेरणामा नकारात्मक प्रभाव पारेको छ। शिक्षकहरूको भनाइ विद्यालयका एक शिक्षकले नाम नबताउने शर्तमा भने, “हामी इमानदारीपूर्वक […]
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ करोडको छात्रवृत्ति दिँदै नेक
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइयो । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि […]



