Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

१२ कात्तिक 
काठमाडौँ – मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता  बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए ।  निमोनिया सङ्क्रमण पत्ता लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो ।

दसैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE